महत्वपूर्ण सुचना
बसाईसराईका लागि आवश्यक कागजातहरु र प्रक्रिया
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु २०० मात्र।
आवश्यक कागजातहरु: 
बसाइ सराई दर्ता
- जाँदा
 
- बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
 - परिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,
 - लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ ।
 
- आउँदा
 
- बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
 - परिवारको सबै सदस्यको नागरिकता (भएमा)र नभएमा जन्मदर्ता,
 - लगत हस्तान्तरण फाराम(सक्कलै)।
 
प्रक्रिया: 
वसाइ सराइ दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति
- बसाई सराई गरेर जाँदा वा आँउदा परिवारको सदस्यको मुख्य व्यक्ति घरमुली वा नभएमा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचकको रुपमा रहन सक्दछन् । यस्ता सूचकले सम्बन्धित वडामा गई आफ्नो विवरण सही रुपमा दिनुपर्दछ ।
 - बसाई सराई दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास गर्ने स्थानीय तहबाट प्राप्त गने सेर्वा लिने प्रदानसेवा सुविधाबाट बञ्चित हुन सकिन्छ ।
 - परिवारको कुनै एक सदस्यले मात्र बसाई सराई गर्न मिल्छ तर सो व्यक्तिसगँ सम्बन्धी सबै घटना दर्ता अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं व्यक्ति सूचक हुनुपर्छ ।
 - बसाई सराई गरी गएको र आएको जुन अवस्थामा पनि सम्बन्धित वडा कार्यलयमा ३५ दिन भित्र निः शूल्क दर्ता गराउनु पर्दछ र त्यसपछिको समयमा दर्ता गराए विलम्ब शुल्क तिर्नुपर्दछ ।
 
