FAQs Complain Problems

मृत्यु दर्ताका लागि आवश्यक कागजातहरु र प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु २०० मात्र।
आवश्यक कागजातहरु: 
  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  • सूचकको सहिछाप सहितको सूचना फाराम,
  • सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
  • स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ । 
प्रक्रिया: 

मृत्यु दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति

  • मृत्यु दर्ताको सूचकका रुपमा मृतकका बाबु वा आमा, पति वा पत्नी वा छोरा वा छोरी रहन सक्दछन् । उल्लेखित सूचक नभएको प्रमाणित भएमा परिवारको १८ वर्ष उमेर पुगेको परिवारको अन्य व्यक्ति सूचक रहन सक्छन् । 
  • घटना दर्ता अद्यावधिक गराउन, व्यक्तिको मृत्यु भएको प्रमाण कानुन र प्रशासनिक प्रयोजनका निम्ति पेश गर्न, चल अचल सम्पत्तिको हस्तान्तरण वा अधिकार प्रत्यायोजन गर्न लगायतका निम्ति  मृत्यु दर्ता गराउनु आवश्यक रहन्छ ।
  • सामाजिक सुरक्षा भत्तामा लगत कट्टा गर्न वा विधवा प्रमाणित हुन तथा स्थानीय निकायबाट अन्य सेवा सुविधा लिन मृत्यु दर्ता गर्नुपर्दछ ।
  • विदेशमा कोही नागरिकको मृत्यु भएमा सम्बन्धित मुलुकस्थित नेपाली नियोगबाट प्रमाणित कागजपत्र पेश गरे पश्चात दर्ता गर्न सकिन्छ । सर्जमिन वा आधिकारिक कागजात सहितको प्रमाणको आधारमा सूचकले पेश गरेमा दर्ता गर्न सकिने प्रावधान रहेको छ ।
  • विदेशी नागरिकको नेपालमा मृत्यु भएमा दर्ता गर्न मिल्दछ । यसका निम्ति  देहाएका कागजातको आवश्यकता पर्दछ ।
  • मृतकको राष्ट्रियता खुल्ने कागजात,
  • प्रहरीको रिपोर्ट,
  • अस्पतालमा मृत्यु भए सो को रिपोर्ट, 
  • वा नेपालस्थित सम्बन्धित विदेशी नियोगको प्रमाणित कागजात र सिफारिस पेश गर्नुपर्दछ । 
  • कोही नागरिक वेपत्ता भएमा मुलुकी देवानी संहिता २०७४ को दफा ४० बमोजिमको न्यायिक मृत्यु घोषणाको प्रमाण पेश गरेपछि मृत्यु दर्ता गर्न सकिन्छ ।