FAQs Complain Problems

मिति २०७५/१०/१८गते बसेको कार्यपालिकाको बैठकले पास गरेका निर्णयहरु

मिति २०७५/१०/१८गते बसेको कार्यपालिकाको बैठकले पास गरेका निर्णयहरु यस प्रकार रहेका छन् ।

प्रस्तावहरु

  1. डाँडाथोक सुगुँर खोर ब्यवस्थापन गर्ने सम्बन्धमा ।
  2. श्री गंगा कृषि सहकारी संस्थालाई अनुदान दिने सम्बन्धमा ।
  3. भुकम्प प्राविधिकलाई काजमा खटाउने सम्बन्धमा ।
  4. झोलुङ्गे पुल निर्माण गर्ने सम्बन्धमा ।
  5. महिला शसक्तिकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा ।
  6. प्रदेश साझेदारि योजना अन्तर्गतको बुलिङटार बाह्रकोल सडकको सम्बन्धमा ।

 

 

निर्णयहरु

  1. प्रस्ताव नं १ माथि निर्णय गर्दा बुलिङटार गाउँपालिका वडा न ३ स्थित डाडाँथोक र बतासामा सुगुँर खोर व्यवस्थापन गर्नका लागि १० लाख भैपरिबाट र अपुग रकम कृषिको ससर्त अनुदानमा रहेको भकारो सुधार कार्यक्रमबाट दिने भनि निर्णय गरियो ।
  2. प्रस्ताव नं २ माथि निर्णय गर्दा बुलिङटार वडा नं ६ मा रहेको गंगा कृषि सहकारी संस्थालाई विउ अनुदान बापत रु ७ लाख विउपुँजि अनुदान र रु १७ लाख विक्रि संकलन केन्द्र पर्वद्धन को लागि गरि जम्मा रु २४ लाख विनियोजन गरि अनुदान दिने निर्णय गरियो ।
  3. प्रस्ताव नं ३ माथि निर्णय गर्दा  बुलिङटार गाउँपालिकामा पुर्ननिर्माण प्राधिकरणका प्राविधिक श्री गंगा रोकायालाई मासिक रु १५००० दिइ प्राविधिक कामकाजमा खटाउने निर्णय गरियो ।
  4. प्रस्ताव नं ४ माथि निर्णय गर्दा निम्न खोलाहरुमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने निर्णय गरियो ।

वडा नं १ साम्दि खोला; खहरे खोला (रुखुन्दी)

वडा नं २ र ३ छरछरे; डुम्रेकुना विसमुरे; उल्टे; ऋषिङ र बुलिङटार जोड्ने; भृकुटीघाट चन्टार पुछार; भलायटार पुछार शान्तिपार्क(दमौली खोला)

वडा नं ४ र ५ सिन्द्रे; फुलमादि खोला; भालु खोला; सुनारथुम्की देखि अर्खला सम्म (पुरानो पानी मिल माथी)

वडा नं ६ हडाहा अत्रौली; फुलमादि-चित्रपानी जोड्ने;

  1. प्रस्ताव नं ५ माथि निर्णय गर्दा महिला शसक्तिकरण कार्यक्रम सबै वडामा सञ्चालन गर्नका लागि भैपरिबाट रु १० लाख विनियोजन गर्ने निर्णय गरियो ।
  2. प्रस्ताव नं ६ माथि निर्णय गर्दा प्रदेश साझेदारि योजना अन्तर्गतको बुलिङटार बाह्रकोल सडकको विषयमा सो सडकले छुने अन्य स्थानिय तह मार्फत सहकार्यको सुनिश्चितता भई सहमति आएको खण्डमा गाउँपालिकाले साझेदारिमा लगानि गरि योजना अघि बढाउने निर्णय गरियो ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: