FAQs Complain Problems

जन्मदर्ताको लागि आवश्यक कागजातहरु र प्रक्रिया

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क त्यसपछि रु २०० मात्र।
आवश्यक कागजातहरु: 
  1. आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  2. आमा वा वावुको विवाहदर्ता प्रमाणपत्र प्रतिलिपि,
  3. स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  4. घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।

यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।

दर्ताका लागि लिंक ः https://public.donidcr.gov.np/ (हाल वडा नं ६को लागि मात्र)

 

 

प्रक्रिया: 

जन्म दर्ताका लागि सुचक बन्न सक्ने व्यक्ति

  1. बच्चाको जन्म दर्ता गर्दा आमा वा बाबु वा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचक बन्न सक्नेछन्।
  2. मुलुकी देवानी संहिता,२०७४ बमोजिम वहु विवाह दर्ता नहुने प्रावधान रहेको छ । वालविवाहको हकमा २० वर्ष पुगेपछि मात्रै, उमेर पुगेको मितिमा विवाह दर्ता गर्न सकिन्छ । तर बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु दुवैको उपस्थितिमा बाबु सूचक भएर जन्म दर्ता गराउन सकिन्छ । 
  3. बच्चाको आमा विदेशी भएमा विदेशी भएको प्रमाणसहित उसको बुबाको नेपाली नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमाको विवाह दर्ता भएको वा नागरिकता भएमा सोही अनुरुप सूचक रहेर दर्ता गराउन प्रावधान समेत रहेको छ । 
  4. बच्चाको बाबुको ठेगाना पत्ता नलागेमा र अत्तोपत्तो नभएमा, वेपत्ता भएको भन्ने आधिकारिक निकायबाट जारी भएको प्रमाणका आधारमा आमाले आफ्नो माईती तर्फको थर ठेगाना राखेर जन्म दर्ता गराउन सकिन्छ । 
  5. अनाथ तथा असहायको हकमा सम्बन्धित व्यक्तिले प्रचलित कानुन बमोजिम संरक्षक वा माथवर वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको वडाध्यक्ष सूचक बनेर जन्म दर्ता गर्न सकिन्छ । 
  6. पति वा पत्नी वा दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा दुवै जना सूचक रही जन्म दर्ता गराउन सकिन्छ ।
  7. विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट उक्त बच्चा जन्मिएको प्रमाणपत्र प्रमाणित गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको स्थानीय वडामा गई दर्ता गराउन सकिन्छ । 
  8. कारागारमा बच्चा जन्मिएमा सम्बन्धित कारागारको प्रमुखले सूचना फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारी कार्यालयमा पठाई सो वडा कार्यालयबाट जन्म दर्ता गराउन सकिन्छ ।